३० वर्ष मसाल, १० वर्ष माओवादी, बुढेसकालमा एमाले !

रातोपाटी

काठमाडौं
Breaknlinks
Breaknlinks

नेपालमा कम्युनिस्ट पार्टी जन्मेको ७२ वर्ष पुगेको छ । अर्घाखाँचीमा जन्मेका गिरिधारीलाल न्यौपाने कम्युनिस्ट पार्टीमा लागेको चार दशक बितेको छ । यसबीचमा ३० वर्षसम्म नेकपा (मसाल) मा लागेर जीवनको आधा बसन्त बिताएका न्यौपाने मसालको पुरानो घर छाडेर १० वर्ष माओवादी बने ।

अहिले उनी केपी ओली नेतृत्वको नेकपा एमालेको केन्द्रीय कमिटीमा आवद्ध छन् । उनले लुम्बिनी प्रदेश एवं कपिलवस्तु जिल्लामा पार्टीको जिम्मेवारी सम्हालिरहेका छन् । 

किशोरावस्थामै न्यौपाने अर्घाचाँचीबाट भारततिर भासिए । महाजनका घरमा भाँडा माझेर, लुगा धोएर बसे । यही सिलसिलामा मोहन विक्रम सिंह नेतृत्वको प्रवासी संगठन ‘नेपाली एकता समाज’ सँग उनको सम्पर्क भयो ।

त्यसयता ३० वर्षसम्म उनले नेकपा मसालमा बिताए । मसाल छाडेर माओवादीमा लाग्दै गर्दा उनी चित्रबहादुर केसी नेतृत्वको पार्टीको पोलिटब्यूरो सदस्य थिए ।

प्रकाशित मिति: : 2021-09-02 08:24:00

प्रतिकृया दिनुहोस्