बलिउड अभिनेत्री परिणीती चोपडासहित अभिनेताहरु बोमन इरानी, अनुपम खेर नेपाल आउने भएका छन्।
चलचित्र 'उचाई'को छायांकन लागि उनीहरु ४० दिनको लागि नेपाल आउन लागेको बताइएको छ।
आगामी महिना नेपालका उच्च हिमाली भेगहरुमा चलचित्रको छायांकन गरिने चलचित्र निर्देशक सुरज बर्जत्यले जानकारी दिएका छन्। छायांकनको लागि लाङटाङ, मनाङ, मुस्ताङ, सगरमाथा आधार शिविरलगायतका क्षेत्रमा लोकशेन निश्चित गरिएको उनले बताए।
चलचित्रमा अमिताभ बच्चनको पनि मुख्य भूमिका हुने भए पनि उनी भने नेपाल आउने छैनन्।