१० चलचित्र निर्माता सगरमाथा आधार शिविरको पदयात्रामा जाँदै

नेपालसहित विभिन्न मुलुकका १० चलचित्र निर्माता तथा भ्लगर्स सगरमाथा आधार शिविरमा पदयात्रामा निस्कने भएका छन्।

२५ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामीरिता शेर्पा र सन् २०१९ का ‘वर्ष शेर्पा’द्वारा सम्मानित मिङमा शेर्पाका साथमा अस्ट्रेलिया, कोलम्बिया, मेक्सिको, नेपाल, फिलिपिन्स, थाइल्यान्ड र अमेरिकासहितका चलचित्र निर्माण तथा भ्लगर्स पदयात्रामा जाने भएका हुन्।

कामीरिता पदयात्राका लागि मुख्य प्रशिक्षक (हेड कोच) रहनेछन् भने मिङमाले पदयात्रा टोलीको नेतृत्व गर्ने छन्। विश्व भ्लग च्यालेन्जमा नेपालको प्रतिनिधित्व गर्ने उद्देश्यसहित पदयात्रा आयोजना हुन लागेको नेपाल भ्लग च्यालेन्जले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2021-09-02 10:00:00

प्रतिकृया दिनुहोस्