खोटाङमा कोरोनाबाट २० महिनाकी बालिकासहित दुईको मृत्यु 

Symbolic photo
Symbolic photo

कोभिड-१९ को संक्रमणका कारण खोटाङमा २० महिनाकी बालिका र वृद्धको मृत्यु भएको छ।

कोभिडबाट रावाबेँसी गाउँपालिका-२ खार्पाकी २० महिनाकी बालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका श्रेष्ठ थरका वृद्धको मृत्यु भएको हो।

बालिकाको बुधबार बेलुका घरैमा र वृद्धको अस्थायी कोभिड अस्पताल दिक्तेलमा मृत्यु भएको हो। यससँगै जिल्लामा कोभिड संक्रमणका कारण मुत्यु हुनेको संख्या १४ पुगेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए।

बुवाआमालाई संक्रमण भएपछि एन्टीजेन परिक्षण गर्दा बालिकालाई पनि संक्रमण पुष्टि भएको थियो। हरम्टारस्थित अस्थायी कोभिड अस्पतालमा पुर्याइए पनि निको नहुने भन्दै रेफर गरेपछि बुधबार बिहान घर ल्याइएकी बालिकाको बेलुका मृत्यु भएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लीलानाथ निरौलाले बताए।

यस्तै, १५ भदौमा अस्थायी कोभिड अस्पताल दिक्तेलमा भर्ना भएका वृद्धको श्वास–प्रश्वासमा समस्या भएपछि मृत्यु भएको हो। कडा निमोनियाका कारण फोक्सोमा गम्भीर समस्या निम्तिएपछि वृद्धको मृत्यु भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकले बताए। 

प्रकाशित मिति: : 2021-09-02 11:17:00

प्रतिकृया दिनुहोस्