पूर्वसचिव श्रीकान्त रेग्मीको निधन भएको छ। ७१ वर्षीय उनी उच्च रक्तचाप र मधुमेहका रोगी थिए।
०३४ सालदेखि ०५९ सालसम्म सरकारी सेवामा संलग्न रेग्मीले लामो समय गृहसचिव र स्वास्थ्य सचिवका रुपमा काम गरेका थिए। उनले पञ्चायतकालमा विभिन्न जिल्लामा प्रमुख जिल्लाअधिकारीका रुपमा काम गरेका थिए।
०५९ सालमा वरिष्ठताका आधारमा मुख्यसचिव नपाएपछि राजीनामा गरेका थिए। स्याङ्जा स्थायी घर भएका उनी अवकाशपछि लाजिम्पाटस्थित आफ्नै निवासमा बस्दै आएका थिए।