कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गराएका हुन्।

अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट दायर भएको सर्वोच्चले जनाएको छ।

रिटमा कोरोना महामारीका कारण दशौँ हजारको उपस्थितिमा महाधिवेशन गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भन्दै त्यसलाई रोक्नका लागि उपयुक्त आदेश दिन माग गरिएको छ। रिटको पेशी आइतबारका लागि तोकिएको छ।
 

प्रकाशित मिति: : 2021-09-02 17:58:00

प्रतिकृया दिनुहोस्