'क्षमा चाहन्छु, हामीले खुशी बनाउन सकेनौं': मुख्य प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालीलाई खुशी बनाउन नसकेकाेमा माफी मागेका छन्।

भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा १-१ गोलको बराबरीमा रोकिएपछि प्रशिक्षक अलमुताइरीले माफी मागेका हुन्।

अलमुताइरीले भने, 'क्षमा चाहन्छु। हामीले खुशी बनाउन सकेनौं। मलाई आशा छ। क्षमा  स्विकार्नु हुनेछ।'

अलमुताइरीले खेलमा अझै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताउँदै थपे, 'हामीले अझै धेरै सुधार गर्नु पर्नेछ। तर, खेलाडीप्रति मलाई गर्व छ।' 

 

प्रकाशित मिति: : 2021-09-03 06:31:00

प्रतिकृया दिनुहोस्