सिद्धार्थ शुक्लाको निधनकाे खबरले एक फ्यान आंशिक काेमामा

बलिउड अभिनेता सिद्धार्थ शुक्लाको निधन भएकाे खबर एक फ्यानको स्वास्थ्य अवस्था गम्भीर बनेको छl

उक्त फ्यानको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे छl तस्वीरमा देखिए अनुसार ती फ्यान अस्पतालमा छन्l

सो फ्यानको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका डा.जयेश ठाकुरले लेखेका छन्, 'चाँडै निको होउ। डाक्टरले उनी आंशिक कोमामा भएको बताएका छन्। अत्यधिक तनावका कारण उनका आँखाका नानी र शरीरका अंगले काम गरिरहेका छैनन्। सबै प्रशंसक र समर्थकलाई शान्त रहन सल्लाह दिन्छु। धेरै नसोच्नुहोस् र आफ्नो दिमागलाई अन्य कुरामा भुलाउनुहोस्।'

प्रकाशित मिति: : 2021-09-06 06:09:00

प्रतिकृया दिनुहोस्