पाेखरामा एमसीसीविरूद्ध आन्दोलन

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) विरुद्ध पाेखरामा नागरिक समाजले आन्दोलन गरेको छ। नागरिक समाजले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण आन्दोलन गरेको हो।

एमसीसी परियोजना राष्ट्रको हित विपरित भएकोले त्यसविरुद्ध आन्दोलनमा उत्रिएको नागरिक समाजका अगुवा रामप्रसाद पौडेलले बताएका छन्।

‘अहिलेको सरकार राष्ट्रघाती परियोजना एमसीसी पास गर्ने खेलमा लागको छ, जुन राज्यको हितमा छैन’ पौडेलले भने, ‘यो कुनै पनि हालतमा पास हुनुहुँदैन।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसी पास गर्ने लागेकाले देशव्यापी आन्दोलनमा उत्रिएको बताएका छन्। 

प्रकाशित मिति: : 2021-09-06 13:18:00

प्रतिकृया दिनुहोस्