फिल्म ‘ग्रीन बर्ड’ मा सुरक्षा पन्त अनुबन्धित, पोष्टर सार्वजनिक

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुरक्षा पन्त नयाँ फिल्ममा अनुबन्धित भएकी छिन्। प्रमोद कँडेलले निर्देशन गर्ने फिल्म ग्रीन बर्ड मा सुरक्षाले अभिनय गर्ने पक्का भइसकेको छ।

आफु नयाँ फिल्म ग्रीन बर्ड मा जोडिएको बारे सुरक्षाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छिन्। उनले फिल्मको पोष्टर सार्वजनिक गरेकी छिन्।

फिल्ममा सुरक्षा पन्तसँगै कमलमणी नेपाल र अफरान अलीको पनि अभिनय रहने भएको छ। फिल्म आउँदो हप्ताबाट छायांकनमा निस्कने बताइएको छ। यस फिल्मको छायांकनको लागि चितवन र नवलपुरका स्थानहरु हेरिएको छ।

योङ स्टार सिनेमाको ब्यानरमा निर्माण हुन लागेको यस फिल्म समाजको मूल्य मान्यताविरुद्ध गएर आफ्नो जीवन जिउन चाहने एक युवतीको संघर्षको कथामा बन्नेछ । फिल्म ‘आमा’ पछि कुनै फिल्ममा नदेखिएकी सुरक्षा अब यस फिल्ममार्फत देखिनेछिन्। 

प्रकाशित मिति: : 2021-09-06 21:41:00

प्रतिकृया दिनुहोस्