प्रहरीमा बेथिति भाग– २ : घुमुवाका कारण संगठन नै बदनाम, कतै घूससहित पक्राउ, कतै खुलेआम पैसा असुली !

लोकान्तर

गगन अर्याल

सादा पोशाकका प्रहरी अर्थात् (घुमुवा)का कारण प्रहरी संगठनको इज्जतमै दाग लाग्ने अवस्था सिर्जना भएको छ।

घुमुवाका कारण प्रहरी संगठनको इज्जतमा नै धक्का लाग्ने स्थिति आएको विषय संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको केहीदिन अघिको बैठकमा समेत उठेको थियो।

भदौ १ गते शुक्रवार संघीय संसद्को राज्य व्यवस्थामा समितिमा गृहमन्त्री बालकृष्ण खाँण र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बोलाइएको थियो। 

उक्त बैठकमा मन्त्री खाँण र आईजीपी क्षेत्रीसामु कांग्रेस सांसद अमरेशकुमार सिंहले घुमुवा प्रहरीले दिनदहाडै पैसा उठाउने गरेको आरोप लगाए।

प्रहरीको नेतृत्वबाटै त्यस्ता घुमुवाहरूलाई संरक्षण मिल्ने गरेको उनको आरोप थियो।

पूर्व आईजीपी सर्वेन्द्र खनालको नामै लिएर उनले तराई (विशेष गरी २ नम्बर प्रदेशका जिल्लाहरू)मा व्यापारीसँग पैसा उठाउनका लागि घुमुवा परिचालन गरेको प्रमाण आफूसँग रहेको दाबी सिंहले गरे।

प्रकाशित मिति: : 2021-09-07 16:41:00

प्रतिकृया दिनुहोस्