गृह मन्त्रालयको विज्ञप्तिविरूद्ध सर्वोच्चमा रिट

File photo
File photo

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

अधिवक्ता प्रवेश केसीको रिटमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति नेपालको संविधानले व्यवस्था गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारविपरीत भएको उल्लेख छ।

रिट निवेदनमा विकास आयोजनाउपर गुण र दोषका आधारमा सचेततापूर्वक विचार निर्माण गर्ने नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख छ। कुनै पनि कुराको समर्थन गर्नुैपर्छ भनेर बाध्य पार्न नपाइने रिटमा छ।

प्रकाशित मिति: : 2021-09-09 06:33:00

प्रतिकृया दिनुहोस्