डेब्यु खेलाडी चम्किदा बंगलादेशमाथि नेपालको जित

Photo: newskarkhana.com
Photo: newskarkhana.com

नेपाल र बंगलादेशबीचकाे पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशमाथि जित निकालेकाे छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

नेपालकाे जितमा जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक–एक गोल गरे। 

डेब्यु खेलाडी राईले २३ औं मिनेटमा सरु लिम्बुको पासमा गोल गरिन् भने रानाले १४ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिइन्।

बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काईन्।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।

प्रकाशित मिति: : 2021-09-09 18:54:00

प्रतिकृया दिनुहोस्