गंगा र आशालाई सांसदहरुले उचालेपछि देउवा, प्रचण्ड र माधव नेपाल भए 'ट्वाँ'

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विराेध र चर्काे नाराबाजीका बाबजुद् पनि अन्ततः अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश गरेका छन्।

अर्थमन्त्री शर्माले पेश गरेकाे अध्यादेशमा बजेटको आकार घटाइएकाे छ भने केपी ओली नेतृत्वकाे सरकारले अघि बढाएका विभिन्न योजनाहरु पनि रद्द गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाकाे बैठकमा अर्थमन्त्री शर्माले बजेट वक्तव्य पढिरहेकाे बेला एमालेका सांसदहरुले केही सांसदलाई उचालेर रोष्टममा समेत पुर्‍याउने प्रयास गरे। तर मर्यादापालकहरुकाे सक्रियता बढेपछि उनीहरु राेष्टममा पुग्न सकेनन्।

एमालेका सांसदहरुले पालैपालो गंगा चैधरी, नरबहादुर धामी, नारमुनी राना र आशा विकलाई काँध-काँधमा उचालेर रोष्टममा पुर्‍याउने प्रयास गरेका थिए।

एमाले सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलबाट माइकसमेत ताने। एमालेले विभिन्न हर्कत देखाउँदा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस) अध्यक्ष माधव नेपाल  भने हेरेकाे हेर्यै भएका थिए। 

प्रकाशित मिति: : 2021-09-10 18:30:00

प्रतिकृया दिनुहोस्