नबिर्सने घटनाः संसदभित्रै जनार्दन शर्माकाे 'क्याटवाक' र 'म्याराथन' (भिडियाे)

Breaknlinks
Breaknlinks

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सबैभन्दा रोचक पात्र देखिए, अर्थमन्त्री जनार्दन शर्मा।

उनले प्रतिनिधिसभाभित्र कुदेर ऐतिहासिक अभिलेख राखेका छन्। जब सभामुख अग्नि सापकोटाले उनलाई प्रतिस्थापन विधेयक प्रस्तुत गर्न समय दिए, उनी आफ्नो आसनबाट यसरी कुदेर रोष्टममा गए कि उनी कुदेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नियालेर हेरिरहेका थिए।

उनी मन्त्री बस्ने आसनको दोश्रो लहरबाट यसरी कुदे कि उनलाई कसैले लखेटिरहेको छ। उनी  कुदेको देख्दा सबैलाई ०७१ माघ ५ गतेको पुरानो जनार्दन शर्मा याद आयो।

त्यसबेला शर्मा त्यही हलमा मर्यादापालकहरुसँग कुस्ती खेलेका थिए। यहाँसम्म कि आफ्नो चोर औँला मर्यादापालकहरुको नाकमा सोझ्याउँदै 'पख्लास'समेत भनेका थिए।

अन्ततः करिब साँढे ६ वर्षपछि सोही हलमा उनी आफै जोगिएर भाग्नुपर्ने भूमिकामा देखिए। त्यसबेला उनी 'क्रान्तिकारी संविधान' बनाउन नदिनेविरुद्ध जाइलागेको अवस्थामा थिए। उनी गलबन्दी स्याहार्दै 'शिकारको खोजी'मा सोही हलभित्र फनफनी घुमिरहेका थिए।

अहिले भने 'खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने' संसदमा आफै 'मासु व्यापारी'को भूमिकामा प्रस्तुत हुने हतारमा थिए। उनी संसदको वेलमा नाराबाजी गरिरहेका एमालेका सांसदहरुले रोक्न नसकुन् भन्नेमा सचेत थिए।

त्यतिबेला शर्मासहित माओवादीका अमनलाल मोदी, दलजित सिर्पाइली, फोरमका उमेश यादव सबैभन्दा धेरै भिडे। यहाँसम्म कि माइक र कुर्सीहरुसमेत भाँचिए। 

अन्ततः शर्माले एमाले सांसदहरुले चर्काे नाराबाजी लगाए पनि शुक्रबार प्रतिस्थापन विधेयक पेश गरिसकेका छन्। 



सांसद झाले भनिन्- 'सभामुखकाे टाउकाे फुटाउँन माइक तानेकी हुँ, जसरी पनि फुटाउँछु'

गंगा र आशालाई सांसदहरुले उचालेपछि देउवा, प्रचण्ड र माधव नेपाल भए 'ट्वाँ'

प्रकाशित मिति: : 2021-09-10 20:21:00

प्रतिकृया दिनुहोस्