काेराेना महामारीकाे कारण लामाे समयदेखि राेकिरहेकाे चलचित्र ‘लप्पन छप्पन २’ अब शिवरात्रिमा प्रदर्शन हुने भएको छ।
मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्रकाे प्रदर्शन मिति घोषणा गरिएकाे हाे। चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व .दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ।
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्त लगायतले अभिनयमा डेब्यु गर्दैछन्।