स्ट्राइकर करिम बेन्चेमाको ह्याट्रिकमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित हात पारेकाे छ।
आइतबार रातिको खेलमा रियलले ३३ वर्षीय स्ट्राइकर बेन्जेमाको ह्याट्रिकमा सेल्टा भिगोलाई ५-२ गोल अन्तरले पराजित गरेको हो।
रियलको जितमा बेन्जेमाले ह्याट्रिक गर्दा भेनेसुस जुनियर र इडार्डाे कामाभिन्गाले एक/एक गोल गरे। सेल्टा भिगोका लागि शान्ति मिना र फ्रान्को कार्भीले एक/एक गोल गरे पनि टिमलाई हारबाट जाेगाउन सकेनन्।
खेलमा अग्रता भने भ्रमणकारी टोली सेल्टा भिगोले बनाएको थियो। शान्ति मिनाले चार मिनेटमा सेल्टालाई अग्रता दिलाएका थिए। २४ मिनेटमा बेन्जेमाले बराबरी गोल फर्काए। ३१ मिनेटमा गोल गर्दै सेल्टाले पहिलो हाफमा २-१ को अग्रता बनायो। उसका कार्भीले गोल गरे।
अनुभवी स्ट्राइकर बेन्जेमाले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई २-२ को अवस्थामा पुर्याए। त्यसपछि भने रियलले खेल पूर्ण रुपमा आफ्नो पक्षमा पार्याे।
५४ मिनेटमा बेन्चेमाको पासमा जुनियरले गोल गरे। ७२ मिनेटमा रियललाई कामाभिन्गाले ४/२ को अग्रता दिलाए। खेल सकिन ३ मिनेट अघि बेन्चेमाले टोलीका लागि पाँचाै तथा व्यक्तिगत ह्याट्रिक पूरा गरे।
जितसँगै घरेलु टोली रियल म्याड्रिड ४ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ। समान अंक भए पनि भ्यालेन्सिया र एथ्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
आइतबार राति नै भएको ला लिगाका अन्य खेलमा एथ्लेटिको म्याड्रिडले एस्पान्योललाई २–१ गोल अन्तरले पराजित गरेकाे छ। संघर्षपूर्ण जित निकाल्ने क्रममा एथ्लेटिकोको लागि यान्निक कारास्को र थोमस लेमारले एक/एक गोल गरे।
भ्यालेन्सियाले ओसासुनालाई ४/१ गोल अन्तर तथा रियल सोसाइडाडले काडिजलाई २/० गोल अन्तरले पराजित गर्याे।