आइसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाललाई अमेरिकाको मध्यम टार्गेट 

मोनाङ्क पटेलको शतक मद्धतमा अमेरिकाले नेपाललाई आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत २२३१ रनको टार्गेट प्रस्तुत गरेको छ।ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ रोजेको अमेरिकाले मोनाङ्कको शतक मद्धतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको हो। 

टस जितेर ब्याटिङ रोजेको अमेरिकाले ब्याट्सम्यान तथा विकेट किपर मोनाङ्क पटेलले सर्वाधिक १०० रन बनाए। मोनाङ्कले ११४ बल खेल्दै १ छक्का र ९ चौका प्रहार गरेका थिए। मोनाङ्कलाई नेपालका विक्रम शोबले १०० रनमा कुशलको हातबाट क्याच आउट गराएका थिए। 

यस्तै, निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६, स्टेभन टेलोर १४, नोस्थुस केन्जीगेले १३ तथा जस्कारना माल्होत्राले ११ रन बनाए। 

टस हारेर बलिङ गरेको नेपालका लागि सन्दीप लामिछाने, शुसन भारी र विक्रम सोबले सर्वाधिक २-२ विकेट लिए। १० ओभर बलिङ गरेका भारीले ३१ रन खर्चिएर २ विकेट लिए। यस्तै, १० ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै ३५ रन खर्चिए। 

अर्का तीब्र गतिका बलर विक्रमले ६ ओभर बलिङ गर्दै ३३ रन खर्चिएर २ विकेट लिए। विक्रमले अमेरिकाका मोनाङ्कलाई १०० रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए। यता, कुशल मल्ले समान १-१ विकेट लिए। १६ रन बनाएका अमेरिकाका नोस्थुस केन्जिगेलाई कुशल मल्ल र सन्दीप लामिछानेले रन आउट गराएका थिए। सन्दीपले करिमा गोरेलाई रन १६ रनमा रन आउट गराएका थिए। 

नेपालका करण केसी महँगा सावित भए। ५ ओभर बलिङ गरेका करणले बिनाविकेट ४१ रन खर्चिएका थिए। यस्तै, सोमपाल कामीसमेत विकेटविहीन रहे। ८ ओभर बलिङ गरेका सोमपालले ३५ रन खर्चिएका थिए। 

नेपालले अमेरिकालाई अतिरिक्त ७ रन दिएको थियो। 

यसअघि नेपाली टोलीले लिग- २ को खेल तयारीका लागि पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण शृंखला खेलेको थियो। नेपालले दुवै शृंखला आफ्नो पक्षमा पारेको थियो।

लिग- २ को शृंखलामा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी उपलब्ध हुने छैनन्। खुट्टाको चोटका कारण उनले शृंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। 

प्रकाशित मिति: : 2021-09-13 20:06:00

प्रतिकृया दिनुहोस्