गण्डकीमा १५७ जना कोरोना सङ्क्रमण मुक्त

Symbolic photo
Symbolic photo

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १५७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। 

यस अवधिमा १७१ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालिन स्वास्थ्य कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।

उनका अनुसार थपिनेमा कास्कीमा १००, नवरपरासी वर्दघाटसुस्ता पूर्वका २७, स्याङ्जाका २४, तनहुँका नौ, गोरखाका छ, वाग्लुङका दुई जना छन्।

प्रदेशमा होम आइसोलेशनमा रहनेको सङ्ख्या एक हजार ६६० जना रहेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म तीन लाख २२ हजार ३९३ जनाको कोरोना परीक्षण गरिएकामा ८३ हजार ६७२ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

जसमध्ये ८० हजार ५९८ जना सङ्क्रमण मुक्त भएका छन्। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७४२ छ भने हालसम्म एक हजार ३३२ जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: : 2021-09-13 21:46:00

प्रतिकृया दिनुहोस्