पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिबासगढीका अन्दाजी ७० वर्षीय योगमाया सुवेदी, कन्चनपुरका ४० वर्षीय रंगी तिरुवा र कन्चनपुरकै ३५ वर्षीय कृष्ण राना रहेका छन्।
मंगलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा मृत्यु भएको थियो।
दुर्घटनामा परी घाइते २४ मध्ये २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलीपकुमार गिरीले बताए। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताए।
स्मृति पुल नजिकको सिंगललेनको डाइभर्सनमा पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२-००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खोल्सामा खसेको थियो। ट्रक र बसका दुबै चालक घाइते छन्। उनीहरूकाे पनि उपचार भइरहेको प्रहरीले जनाएको छ।