बोक्सी आरोपमा महिलामाथि कुटपिट, श्रीमानसहित चार जना पक्राउ 

Symbolic photo
Symbolic photo

काठमाडौँस्थित स्वयम्भुमा महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले श्रीमानसहित चार जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे रहेका छन्।

प्रहरीका अनुसार पेट दुख्ने समस्या भएकी महिलाको उपचार गर्ने भन्दै श्रीमानले भदौ २० गते झारफुकको काम गर्दै आएका दीपेन्द्रकुमार थिङको घर लगेका थिए।

झारफुक गर्ने क्रममा थिङले महिलालाई बोक्सी चढेको बताएपछि श्रीमानसहित महर्जन र पाण्डेले कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख छ। जाहेरी दिन आउँदा महिलाको शरीरमा निलडाम रहेको प्रहरीको भनाइ छ। 

 
 

प्रकाशित मिति: : 2021-09-14 21:33:00

प्रतिकृया दिनुहोस्