उज्वेकिस्तान पुग्यो महिला फुटबल टोली, क्वारेन्टिनमै विश्राम

File photo
File photo

एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तानको तास्केन्त पुगेको छ। गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो।

तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको छ। पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल क्वारेन्टिनमा रहने छ।

'खेलाडीहरुले लामो यात्रा तय गरेर आएका छन्। त्यसैले विश्राम जरुरी छ। ' मुख्य प्रशिक्षक ग्यारी फिलिप्स भन्छन्।
फिलिप्सले क्वारेन्टिन अवधिमा टोलीले पूर्णतया विश्राम लिने बताए।

समूह एफमा रहेको नेपालले २ असोजमा फिलिपिन्स तथा ५ असोजमा हङकङको सामना गर्नेछ। 

प्रकाशित मिति: : 2021-09-15 13:49:00

प्रतिकृया दिनुहोस्