अफगानिस्तानः कार्यकर्ताको कुटाईबाट घाईते भएको समाचार बाहिरिएपछि उपप्रधानमन्त्री बरदारले दिए यस्ताे प्रतिक्रिया

Photo : Getty image
Photo : Getty image

अफगानिस्तानका उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरदारले तालिवानभित्रकै बिरोधी समूहको कुटाइबाट घाइते भएको भन्ने विवरण अस्विकार गरेका छन्।

तालिवानका सहसंस्थापकसमेत रहेका बरदार लामो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।

तालिवान भित्र बरदार र हक्कानी नेताबीच चर्काचर्की परेको र उनीहरुका समर्थकले हात हालाहाल गर्ने क्रममा बरादार घाईते भएको विवरण सार्वजनिक भएको थियो। तर, एक अन्र्तवार्तामा बरदारले समूहमा आन्तरिक विवाद नभएको दाबी गरेका छन्।

‘मैले कुटाइ खाएको सत्य होइन। म स्वस्थ छु’, उनले भनेका छन्।

आफू राजधानी काबुलबाट केही टाढा गएको र इन्टरनेटको पहुँच नहुँदा सम्पर्कबिहिन भएको उनले बताए। तालिवानको दोहास्थित राजनीतिक कार्यलयले सार्वजनिक गरेको एक तस्बिरमा बरदार अन्तर्वाताकारसँगै अर्को सोफामा बसेर पत्रिका पढेको देखिन्छन्। 

‘धन्य भगवान हामीबीच सुमधुर सम्बन्ध छ र हामी एक अर्कालाई सम्मान गर्छौं। हाम्रो सम्बन्ध पारिवारिक भन्दा गहिरो छ।’ हक्कानी नेटवर्कलाई लक्षित गर्दै उनले भने। 

बरदार समूहभित्रको सफल कूटनीतिज्ञसमेत हुन्। अमेरिकी राष्ट्रपतिसँग सोझै फोन सम्वाद गर्ने उनी पहिलो तालिवान नेता हुन्। 

प्रकाशित मिति: : 2021-09-16 09:06:00

प्रतिकृया दिनुहोस्