सुनको मूल्य घट्यो

File photo
File photo

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ।

आज छापवाला सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज तेजावी सुन ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2021-09-16 11:48:00

प्रतिकृया दिनुहोस्