देशभर थप १,५११ कोरोना संक्रमित, ११ जनाको मृत्यु 

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा नेपालभर एक हजार ५११ कोरोना संक्रमित थपिएका छन्। 

१५ हजार १७९ नमूना परीक्षण गर्दा १ हजार ५११ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसैगरी १ हजार ६८९ जना संक्रमणबाट मुक्त भएका छन्। 

त्यसैगरी कोरोना संक्रमित ११ जनाको मृत्यु भएसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ। आजसम्म देशभर २५ हजार ७७२ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-09-16 17:41:00

प्रतिकृया दिनुहोस्