विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

photo: CAN
photo: CAN

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ।

यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। त्यसैले अमेरिका नेपालविरुद्ध बदला लिने रणनीतिमा हुनेछ। यस्तै नेपाल भने लगातार अमेरिकाविरुद्ध जित निकाल्ने दाउमा हुनेछ। 

यसअघि अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल ओमनविरुद्ध ५ विकेटले पराजित भएको थियो। यता, अमेरिकासमेत ओमानसँग ४ विकेटले पराजित भएको थियो। 

लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैठौं स्थानमा रहेको छ। अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2021-09-17 08:36:00

प्रतिकृया दिनुहोस्