ल्याङ् ल्याङ् पार्टी साइड लाग्…

पहिलोपोष्ट

रवीन्द्र मानन्धर

नेकपा एमालेमा अहिले पनि १० बुँदे सहमतिको माग उठ्न थालेको छ। माधव नेपालले खटाएका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली पक्षसँग बसेर असार २७ गते जारी गरेको १० बुँदे सहमतिको खाका बनाए। सहमतिको विन्दु नपुगेपछि माधव नेपाल अहिले नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेर नयाँ पार्टी चलाउन थालिसकेका छन्।

यता एमालेमै रहेका भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्यलगायत १० जना नेता भने १० बुँदेकै चक्करमा छन्। ओली, इश्वर पोखरेल १० बुँदेको कार्यान्यवनको पक्षमा देखिन्नन्। माझधारका नेताहरुले जति नै जोड गरे पनि ओलीको बोलीको छनक उही सार्वजनिक यातायातको पछाडि देखिने 'ल्याङ् ल्याङ् पार्टी साइड' झैं देखिन्छ।

प्रकाशित मिति: : 2021-09-17 11:44:00

प्रतिकृया दिनुहोस्