थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि

File photo
File photo

पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो।
१३५१ जना संक्रमणमुक्त भएका छन्।

उनीहरुमध्ये ११७ जनाको भेन्छिलेटरमा, ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ। १५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: : 2021-09-17 16:19:00

प्रतिकृया दिनुहोस्