जाजरकोटकाे चाँदे हिमालमा हावाहुरीले उडाउँदा रावतको मृत्यु 

Symbolic photo
Symbolic photo

जुनिचाँदे गाउँपालिका-१ बाट चाँदे हिमालको नदैडावमा तीर्थयात्रामा गएका एकजनाको मृत्यु भएको छ।

हावाहुरीले हुत्याउँदा जुनिचाँदे-१ काब्राका औवान रावतको मृत्यु भएको हाे। अर्का तीर्थयात्री लोकलोकबहादुर रावत गम्भीर विरामी भएको गाउँपालिकाकाका शिवा आचार्यले जानकारी दिए।

३० भदौमा २५ जना गाउँले तीर्थका लागि चाँदे हिमालको नदैडावमा गएका थिए। अहिले रावतको शव र विरामीलाई तीर्थमा गएका स्थानीयले बोकेर धननाँसी ल्याइएको छ। बिरामीको अवस्था गम्भीर भएको खबर आएको आचार्यले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापाले प्रहरी टाेली पठाउने तयारी भएको बताए। 
 

प्रकाशित मिति: : 2021-09-17 16:34:00

प्रतिकृया दिनुहोस्