ठूला बाले कुटेर हात भाँचिदिएका भुपेन्द्रकाे अप्रेसन सफल 

कालिकाेटकाे खाँडाचक्र नगरपालिका -६ दाहाका भुपेन्द्र शाहीको अप्रेसन सफल भएकाे छ। ठूला बुबाकाे पिटाइबाट घाइते भएका उनी भाद्र २६ गतेदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेका छन्।

भुपेन्द्र आफ्ना ठूला बुबा जगदीश शाहीकाे निरन्तर कुटाइबाट पीडित थिए। पछिल्लो समय ठूला बुबाले पिट्दा उनकाे बायाँ हात दुई ठाउँमा भाँचिएकाे छ भने बायाँ आँखाकाे किनारमा हँसियाले उल्टाे तिरबाट प्रहार गर्दा गहिराे गरी खाेपिएकाे छ।

अप्रेसन पछि उनकाे  अवस्था सामान्य रहेकाे प्रतिष्ठानका रेक्टर डा. निरेश थापाले बताए। उनले भने, 'उपचार राम्राे भइरहेको छ। उनी खतरामुक्त छन्,' उनले भने, 'प्रतिष्ठानले सकेकाे गरिरहेकाे छ।'

हालसम्म उनकाे उपचारकाे सम्पूर्ण खर्च एकद्वार संकट व्यवस्थापन केन्द्र 'ओसीएमसी'ले व्यहाेरिरहेकाे उनकी कुरुवा तथा सामुदायिक सूचना केन्द्र साेसेककी शसी श्रेष्ठले बताइन्।

भुपेन्द्र अस्पताल आएदेखि उनकाे उपचारमा कुनै कुराकाे कमी नआएकाे प्रतिष्ठानका हाडजोर्नी विभागका प्रमुख डा. पुजन राेकायाले बताए। 'भुपेन्द्रकाे अप्रेसन सफल भएकाे छ। हाम्रो टिमका साथीहरु उनकाे विषयमा गम्भीर हुनुहुन्छ,' उनले भने।



बेड नं ३० मा घाइते बालकः आमाले अर्काे बिहे गरिन्, बाबुले अर्की लिएर हिँडे, पाल्छु भन्नेले हात भाँचिदिए (भिडियाे)

प्रकाशित मिति: : 2021-09-17 16:54:00

प्रतिकृया दिनुहोस्