बादी महिला : देहव्यापार, तिरस्कार र आत्मसम्मानको लडाइँ

अनलाइनखबर

आभास बुढाथोकी

 एकतमास सुसाइरहेछ, पातुखोला। बगरमा छ बादी समुदायको सानो बस्ती। त्यही छिन्, फूलमती बादी (परिवर्तित नाम)।

दाङकी फूलमतीले खोलाको डिलमा बसेर आफ्नो उमेर हिसाब गरिन्। ५८ वर्ष भइछन् उनी। जीवनको यो अन्तरालमा उनले के मात्र भोगिनन्। चरम गरीबी, अभाव, सामाजिक विभेद, तिरस्कार र घृणा।

कुनै समय बादी समुदायका महिलाले झैं चरम गरीबीसँग जुध्न बाध्यात्मक पेशाका रूपमा उनले पनि देहव्यापार अँगालिन्। उनको आफ्नो यौवन देहव्यापारको अँध्यारा कोठाहरूमा बिताइन्। जीवनभर अविवाहित रहेर पनि दुई सन्तानकी आमा भइन्। जन्मिएका आफ्ना सन्तानलाई बाबु को हो भनेर चिनाउन सकिनन्।

२०५० दशकपछिको समयमा बादी समुदायका महिलाहरूमा आएको चेतनाको विकास र सामाजिक रूपान्तरणपछि उनले पनि देहव्यापार छोडिन्।

लागेको थियो, त्यो अन्धकारबाट उनी सजिलै बाहिर आउनेछिन्। सोचेकी थिइन्, सामाजिक तिरस्कार र अपमान भोग्नुपर्ने छैन। उनीमाथि हेर्ने नजर बदलिनेछ। जीवनको नयाँ अध्याय शुरू हुने र उनी सम्मानको जीवन बाँच्नेछिन्।

प्रकाशित मिति: : 2021-09-18 14:25:00

प्रतिकृया दिनुहोस्