न्यायाधीशहरूलाई सुवास नेम्वाङको आग्रह: मेडल अस्वीकार गर्नुस्

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका नेता एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधान दिवसको अवसरमा घोषणा भएको मेडल अस्वीकार गर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन्।

एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै उनले यस्ताे आग्रह गरेका हुन्।

उनले ओली सरकारलाई स्थापित गर्ने फैसला गरेका अदालतका सम्बन्धित न्यायाधीशहरु, सरकारकाविरुद्ध मुद्दा दर्ता गर्ने प्रयास गर्नेहरु पक्षहहरुले महहत्वपूर्ण मेडल पाएकाे बताए।

'पारी चितुवा करायो वारी सिंगारी हरायो भनेजस्तै संविधान दिवसकै पदकको घोषणा गरिनु उचित हाेइन', उनले भने, ‘न्यायाधीशहरूलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनुहुँदैन। यहाँहरूले तुरुन्तै यो दिएको मेडललाई हामी अस्वीकार गर्छौं भन्नुस्। अस्वीकार गरिदिएको घोषणा गरिदिनुस्।’

प्रकाशित मिति: : 2021-09-19 12:35:00

प्रतिकृया दिनुहोस्