संविधान प्राप्तिका लागि पसिना नबगाएकाहरुले संविधानलाई मजाक ठानेका छन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको प्राप्तिका लागि एक थोपा पसिना नबगाएका व्यक्तिबाट संविधानलाई माजाको विषय बनाएको प्रतिक्रिया दिएका छन्।

संविधान दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, 'लोकतन्त्रका लागि एक थोपा पसिना नबगाएकाहरुले संविधानलाई मजाकको बिषय बनाएका छन्, यसले संविधान प्राप्तिका लागि बलिदान दिनेहरुलाई पीडा दिएको छ।’

‘संविधानमा स्पष्ट उल्लेख भएका कुराहरूलाई फेरेर राजनीति उद्देश्य प्राप्तिका लागि संविधान उल्लंघन गर्नु गलत हो’, ओलीले भने, ‘यस्ता कुराले संविधान कार्यन्वयनमा बाधा पुर्‍याएको छ।’

उनले सम्मानित व्यक्तिबाटै संविधान कुल्चने काम भएको बताएका छन्। ‘हामी चाहन्छौँ संवैधानिक आयोगहरु निष्पक्ष हुनुपर्छ। तर यसमा दबाब बढ्न थालेको छ,’ उनले भने, ‘हामी चाहन्छौँ सम्मानित संस्थाहरु मर्यादित हुनुपर्छ।’

प्रकाशित मिति: : 2021-09-19 13:51:00

प्रतिकृया दिनुहोस्