हामी अरुभन्दा भिन्न छौँ भनेर देखाउन आवश्यक छ: माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले अरुभन्दा भिन्न हुनुपर्ने आवश्यकता रहेको बताएका छन्। संविधान दिवसको अवसरमा आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

'हामी अरुभन्दा भिन्न छौँ भनेर देखाउन आवश्यक छ, अरु जस्तै भयौं भने मान्छेले भन्ने छन् जुनै जोगी आए पनि कानै चिरेको भन्ने छन', उनले भने, 'नेकपा एमालेको यो अवस्था किन भयो यो कारण पहिल्याउन पर्छ, एमालेको नाम लिने बित्तिकै सबैले नाक/मुख खुम्च्याउने गर्छ।'

आफूहरू नयाँ परिवेशमा अघि बढ्न बाध्य भएकाे बताउँदै उनले भने,'प्रतिनिधि सभा विघटन भयो, किन विघटन भयो होला ? प्रधानमन्त्रीको पद खोसिन्छ कि  आफूलाई हटाउछन भनेर भयो तर कुनै व्यक्तिले पाउछन् ? पाउदैनन्  संविधानले प्रष्ट रुपमै वैधानिकता दिदैन।'

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ इंगित गर्दै उनले मेरो आदेश नमान्ने सबैको कतलेआम गर्दिन्छु भन्ने, प्रतिनिधि सभा विघटन हत्या गरेको बताए। अन्य देशमा यस्तो घटना भए प्रधानमन्त्रीलाई सजाय दिने गरिने उनले सुनाए।

'अब ओलीलाई नेपाली जनताले सजाय दिन्छन्, कुनै पार्टीको नेता किन नहोस्  ऊ संविधानभन्दा माथि छैन,' उनले भने,'उहाँको बारेमा म केही भन्न गइरहेको छैन किनकि म आफ्नो समय खेरा फाल्न चाहदिनँ। हामीलाई अरुको निन्दा गर्नु छैन, अपमान र मानमर्दन गर्दैनौं, कुराकाट्ने फुर्सद छैन, हामीलाई कम्युनिस्टका गुरुहरुले सभ्य बन्ने शिक्षा दिएका छन्, जालझेल नगर, षड्यन्त्र र तिगड्म नगर नयाँ संस्कार बोकेर अगाडि बढ्नु सभ्यताको उदाहरण बन्नुहोस।' 

फूलको आँखामा फूलै संसार। काडाको आँखा मा काडै संसार भए जस्तो जसले काँडा देख्छ भन्दै उनले कर्यकर्तालाई निर्देशन दिए।

'हामी फूलको संसार बनाउन चाहन्छौं त्यसैले हामीले नयाँ पार्टी बनाउन चाहान्छौ, देश र जनताको पार्टी, युवाको पार्टी, युवाको ढुकढुकी बन्न चाहान्छौ।' उनले भने।

नेपालले पार्टीको कास्की कमिटी कार्यालय पनि आजै उद्घाटन गरेका छन्। 

प्रकाशित मिति: : 2021-09-19 15:51:00

प्रतिकृया दिनुहोस्