बाबुराम भट्टराईको त्यो निर्णय जसले १३ वर्ष अघि आजकै दिन रोकिएको थियो इन्द्रजात्रा

पहिलोपोष्ट

काठमाडौं

२०६५ साल आश्विन ३ गते शुक्रवार। अर्थात् १३ वर्ष अघि आजकै दिन। 

यँया: को अन्तिम दिन जिवित देवी कुमारीसँग जिवित देव गणेश र भैरवलाई नानिचा:या अर्थात् शहर बिचको टोलमा रथ यात्रा गराउने दिन थियो। राजतन्त्रको अन्त्यपछि पहिलो पटक राष्ट्रपतिका रुपमा रामवरण यादव कुमारीबाट टिका थाप्न साँझ कुमारी घर आउने कार्यक्रम तय भएको थियो। अन्तिम दिन भए पनि बिहानीपख वसन्तपुरको माहौल भने जात्रामय थियो।

तर, सरकारको तर्फबाट आएको एउटा पत्रले वसन्तपुरको माहोल एकाएक परिवर्तन भयो। गुठीयारहरु कुमारी घरमा भेला भए। टोलटोलमा छलफल चल्यो। मध्यान्ह १२ बजिसक्दा इन्द्रजात्रा नै रोकिने हल्ला चलेको थियो।

कारण थियो माओवादी नेतृत्वको सरकारको एउटा निर्णय। 'जंगलबाट शहर पसेका' माओवादीले बजेटबाट पहिलो आक्रमण नै संस्कृतिमाथि थालेको आरोप लाग्यो।

'आर्थिक मितव्ययिता' अपनाउने नाममा डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरेको अर्थ मन्त्रालयले इन्द्रजात्रामा संचालन हुने तीनवटा गुठी नाच (लाखे आजु, पुलुकिसी र सव:भक्कु) लाई दिँदै आएको खर्च कटौती गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2021-09-19 19:25:00

प्रतिकृया दिनुहोस्