सानेपा हत्या प्रकरण : डेढ महिनासम्म पत्ता लागेन हत्यारा

रातोपाटी

काठमाडौं

ललितपुर महानगरपालिका–२ सानेपा स्थित गुर्सिङ्गालमा भारतीय नागरिक सत्यनारायण पारिकको हत्या भयो । २०७८ साउन २० मा सानेपास्थित भाडामा लिएको घरमा पारिक मृत भेटिएका थिए । हत्या भएको डेढ महिना बितिसकेको छ । तर, प्रहरीले हत्यामा संलग्न आरोपी पहिचान गर्न सकेको छैन । 

राजस्थानको जयपुर घर भएका पारिक १८ वर्षदेखि गुर्सिङ्गाल आसपासमै बस्दै आएका थिए । जुन घरमा उनको हत्या भयो सो घरमा उनी १० वर्षदेखि बसिरहेका थिए । डेरा नजिकै राम मन्दिर छ । धार्मिक स्वभावका उनी दैनिक राम मन्दिर जान्थे, पूजापाठ गर्थे । 

इलेकट्रोनिक्स सप्लायर्स कम्पनी ‘एटलान्टीक’ मा कार्यरत ४९ वर्षीय पारिक एक्लै बस्थे । बिहान–बेलुका खाना  पकाउन र सफा गर्न दुईजना कामदार उनकोमा आउजाउ गर्थे । नुवाकोट घर भएकी ३६ वर्षीय सीता अधिकारी उनकोमा बिहान काम गर्थिन् ।

मकवानपुरकी २३ वर्षीय रुकु बस्नेत साँझ पारिकलाई खाना पकाएर सानेपास्थित डेरामा आउँथिन् । मकवानपुर जिल्लाको नामटार घर भएकी रुकु पारिक कहाँ काम गर्न थालेको १ महिना भएका थियो ।

प्रकाशित मिति: : 2021-09-19 19:35:00

प्रतिकृया दिनुहोस्