धनुषाको पोखरीमा चार वर्षीय छाेरासहित आमाकाे शव फेला

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

धनुषाको धनुषाधाम नगरपालिकामा साेमबार बिहान एक पोखरीमा आमाछोराको शव फेला परेकाे छ।

धनुषाधाम नगरपालिका–२ धर्मपुर टोल बस्ने अशोक सिंहकी २८ वर्षीया श्रमती अर्चना सिंह र उनका चार वर्षीय छोरा कुशकुमार सिंहको शव घर नजिकैको पोखरीमा फेला परेको हाे।

सोमबार स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो। प्रहरीले घटनास्थलमा पुगेर घटनाको मुचुल्का बनाई शवलाई पोस्टमार्टमको लागि लागि जनकपुरधामस्थित प्रदेशिक अस्पतालमा पठाउने तयारी गरिरहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भाटले जानकारी दिए।

स्थानीयका अनुसार घरायसी विवादका कारण अर्चानाले छोरालाई लिएर पोखरीमा हामफालेर आत्महत्या गरेको हुक्सने आशंका गरेका छन्। घटनाको अनुसन्धान गरिरहेको उपरीक्षक भाटले बताए। 'के कारणले घटना भएको अहिले खुलेको छैन, उनले भने,‘चाडै नै घटनाबारे सार्वजनिक हुन्छ।’

प्रकाशित मिति: : 2021-09-20 10:52:00

प्रतिकृया दिनुहोस्