प्रतिनिधिसभाको बैठक असोज ७ गतेसम्मका लागि स्थगित गरिएको छ।
एमाले सांसदहरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख सापकोटाले अर्काे बैठक असोज ७ गते दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक पारित गरेको छ।