रोजिना मृत्यु प्रकरण: मृतकका आफन्तद्वारा इलाका प्रहरी कार्यालय बेलबारीअघि प्रदर्शन

सुन्दरहरैँचा –८ सलकपुरकी रोजिना गिरीले आत्महत्या गरेको नभएर हत्या भएको भन्दै उनका आफन्तले इलाका प्रहरी कार्यालय बेलबारी अगाडि प्रदर्शन गरेका छन्।

उर्लाबारीबाट आएका उनका आफन्तले इलाका प्रहरी कार्यालय अघि प्रदर्शन गरेका हुन्। प्रदर्शनमा स्थानीयलेसमेत साथ दिएका थिए।

उनीहरूले ‘रोजीना गिरीको हत्या प्रकरणको विषयमा निष्पक्ष छानविनको लागि शान्पिूर्ण र्याली’ लेखिएको ब्यानरसहित रोजिनाले आत्महत्या गरेको नभएर उनको हत्या भएको, हत्यारालाई पक्रिएर अनुसन्धान सुरु गर्नु पर्ने भन्दै रोजिनालाई न्याय दिनुपर्ने माग गर्दै नारासमेत लाएका थिए।

मृतकका आफन्तले गरेको प्रदर्शनका कारण केही समय पूर्वपश्चिम लोक मार्गसमेत अवरुद्ध भएको  थियो। तर प्रहरीले सम्झाई बुझाइ गरेर भिडलाई हटाएर यातायात सुचारु गरेको थियो। 

उक्त प्रदर्शनमा महिला अधिकारकर्मीको रूपमा चिनिएकी सावित्री सुवेदी कोसमेत सहभागिता रहेको थियो। रोजिनाको हत्या भएको भन्दै उनीहरूले हत्यारालाई पक्राउ गरी कारबाहीको माग गरेका थिए। 

गत साल सुन्दरहरैचा ८, सलकपुरका विनोद काफ्लेसँग प्रेम विवाह गरेको रोजिना आइतबार बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन्।

प्रकाशित मिति: : 2021-09-21 20:39:00

प्रतिकृया दिनुहोस्