रौतहट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाको दूर्गाभगवती गाउँपालिका २ बस्ने २४ बर्षीय संजय साह सोनारलाई पक्राउ गरेको हो।
बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गङ्गापिपराबाट खटिएको प्रहरीको टोलीले उनको घर खानतलासी गर्ने क्रममा पेस्तोल र गोलीसहित पक्राउ गरेको जनाएको छ।
उनको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली बरामद गरेको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।