ओलीको टिप्पणी: देउवा सरकार सिस्नो जस्तै छ, जता छोयो त्यतै पोल्ने

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरेका छन्।

काठमाडौंमा बिहीबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकार सिस्नो जस्तै भएको भन्दै जता छोयो त्यतै पोल्ने बताए।

‘यो सरकार सिस्तो जस्तै छ। जता छोयो त्यतै पोल्छ। अर्को चुनावमा यसलाई तातोपानी लगाएर ठीक पार्नुपर्छ’, उनले भने।

अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार थप दुई वर्ष टिकेको भए धेरै (पार्टी) का सर्टर बन्द हुने दाबी गरे। ‘हाम्रो सरकार बाँकी दुई वर्ष टिकेको भए धेरै राजनीतिक दलका सर्टर बन्द हुन्थे । त्यही भएर हामीलाई हटाइयो,’ उनले भने।

प्रकाशित मिति: : 2021-09-23 18:13:00

प्रतिकृया दिनुहोस्