महामारीमा थालेको व्यवसाय डुब्यो, ऋण तिर्न फेरि विदेश

 

विकास रोका मगर

मध्यदिनको चर्को घाम थाप्लोमाथि छ । असिनपसिन हुँदै उनी एक सहयोगीसँग धमाधम बाँसको टहरा भत्काइरहेका छन् । स्याङ्जा आँधीखोलाका विक्रम सुवेदीले पोखरा महानगरपालिका–४, मासबारमा च्याउ खेतीका लागि करिब ६ रोपनीमा बनाएको सबै टहरा सकेसम्म चाँडो भत्काइसकेर जग्गा छोड्नुछ ।

‘हिजो (बुधबार) पानी परेर काम गर्नै पाइएन, आज यस्तो चर्को घाम लागिरहेको छ,’ निराश स्वरमा उनले भने, ‘न समयले साथ दियो न मौसमले ।’

२१ लाख रुपैयाँ लगानीमा च्याउ खेती थालेका सुवेदीको व्यवसाय कोरोना महामारीले चुर्लुम्म डुबायो । राम्रै कमाइ हुन थालेको बेला शुरु भएको लकडाउनले बजारमा हातहातै बिक्ने च्याउ खाल्डो खन्दै पुर्ने स्थिति सिर्जना गरिदियो । सहज समय पर्खंदापर्खंदै कोरोनाको दोस्रो लहर र निषेधाज्ञा शुरु भयो ।

‘घरपरिवार, आफन्त सबैबाट ऋणधन गरेर थालेको व्यवसाय १२ लाख ९० हजार ऋण लगाएर डुब्यो,’ सुवेदी भन्छन्, ‘अब यो भाडामा लिएको जग्गासँगै स्वदेशको व्यवसाय छाड्दैछु । अनि केही महिनाभित्रै फेरि देश पनि छाड्दैछु ।’

प्रकाशित मिति: : 2021-09-23 21:19:00

प्रतिकृया दिनुहोस्