दशैँको मुखमा उपभोग्य वस्तुको भाउ 'अचाक्ली' बढेको गुनासो, के भन्छन् व्यापारी र सरकारी अधिकारी?

बिबिसी

काठमाडाैं

कोभिड महामारीबीच नेपालीहरूका मुख्य चाडपर्व नजिकिएका बेला कतिपय दैनिक उपभोग्य वस्तुको भाउ "अचाक्ली बढेको" उपभोक्ताहरूले गुनासो गरेका छन्।

उनीहरूका भनाइमा खाने तेल, दाल, खाद्यान्न, हरियो तरकारीजस्ता वस्तुको भाउ बढेको छ। व्यापारी र उत्पादकहरूले पनि केही उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्वीकारेका छन्।

त्यसको कारण महामारी, चर्को कर र कच्चा पदार्थको मूल्यवृद्धि भएको दाबी उनीहरूको छ। सरकारी अधिकारीहरू चाहिँ भाउ नियन्त्रणका कदमहरू चालिएको दाबी गर्छन्।

कस्ता वस्तुमा मूल्यवृद्धि?

विभिन्न सरकारी निकाय तथा व्यापारीहरूका संस्थाले सार्वजनिक गरेका विवरण हेर्दा विशेषगरी तरकारी र खाद्यान्नको मूल्यवृद्धि भएको देखिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विवरण हेर्दा विगत एक महिनामा ३० भन्दा बढी प्रकारका तरकारी र फलफूलको भाउ केही प्रतिशतदेखि दुई गुनासम्म बढेको छ।

समितिको विवरणअनुसार विशेषगरी हरिया मौसमी तरकारी र फलफूल एवं प्याज र लसुनजस्ता वस्तुको भाउ निकै बढेको छ।

त्यस्तै नेपाल खुद्रा व्यापार सङ्घको मूल्य सूची हेर्दा चामल, दालदेखि खाने तेलसम्मको भाउ बढेको देखिन्छ।

प्रकाशित मिति: : 2021-09-24 10:46:00

प्रतिकृया दिनुहोस्