सशस्त्र प्रहरी भिस्वाद्वारा लागू औषध गाँजा बरामद

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीको टोलीले लागूऔषध गाँजा बरामद गरेको छ।  

पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ बुढगाईअन्तर्गतको सीमाक्षेत्रबाट लागूऔषध गाँजा १० किलो ६ सय ४० ग्राम बरामद गरेको हो।

गस्तीमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीका सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर पौडेलको नेतृत्वमा रहेको गस्ती टोलीले लागू औषध गाँजा बरामद गरेको हो।

तस्करहरुले नेपालबाट टाउकोमा बोकी भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी गस्तीको टोली देखेपछि गाँजाको पोका फालेर भारतीय क्षेत्रमा तस्करहरु भागेको प्रहरीले जनाएको छ। 

सशस्त्र प्रहरीको भिस्वा बंजारीले बरामद गरेको लागु औषध गाँजा ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले जानकारी दिए।

प्रकाशित मिति: : 2021-09-24 14:22:00

प्रतिकृया दिनुहोस्