काठमाडौंस्थित नारायणहिटी दरबार संग्रहालयमा ‘म राजा बन्छु’ भन्दै श्रीपेच चोर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट–११ का खीमबहादुर घर्ती रहेका छन्।
‘म राजा बन्छु’ भन्दै श्रीपेच भएको ठाउँमा जान लाग्दा सुरक्षाका लागि खटिएका नेपाली सेनाका सुरक्षा गार्ड र संग्रहालयका कर्मचारीले उनलाई नियन्त्रणमा लिएका हुन्।
पक्राउ परेका खीमबहादुर बिहान १० बजे टिकट काटेर २ ठाउँमा सुरक्षा जाँचपछि संग्रहालय छिरेका थिए। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।