देशमा राम्रो काम गर्न खोज्नु मेरो गल्ती हो र ?

केही उपाय लागेन भने हामीले पनि के गर्न सक्छौँ र !

रातोपाटी

काठमाडाै‌

चितवनमा निर्माणाधीन रङ्गशालाको काम अलपत्र रहेको समाचार अहिले छ्यापछ्याप्ती छ। निर्माण अलपत्र परेको होइन, रकमको अभावमा काम स्थगित भएको हो। चौरको दुबो गोड्ने, मर्मत गर्ने लगायतका काम अहिले पनि चल्दैछ। संरचना निर्माण भने अहिले स्थगित गरिएको हो।

रङ्गशाला निर्माण छाडेर सिताराम कट्टेल (धुर्मुस) अन्तै भुल्न थाल्यो भन्ने आरोप पनि लगाएका छन्। म अन्त कतै भुलेको छैन। अहिले पनि चौबिसै घण्टा रङ्गशालाका लागि चिन्तित छु । धेरैले देख्ने काम रङ्गशाला भएको छ। यो काम जुन रफ्तारमा पहिले थियो, अहिले नभएकाले विभिन्न कुरा आउनु स्वाभाविक हो। काम अगाडि बढाउन विभिन्न तहमा छलफलमा छु। सरकारलाई प्रस्तावना समेत बुझाइसकेँ। पेसागत काम कलाकारिता पहिले पनि जारी थियो, अहिले पनि छ।

मेरो विचारमा सबैले यसलाई आफ्नो दायित्व बुझेर निर्माणमा लाग्नुपर्छ । एक वर्षको दौरानमा ३५ प्रतिशत काम सकिएको छ। अब एक वर्ष सबैले मेहनत गर्ने हो भने ३० हजार क्षमताको रङ्गशाला राष्ट्रले पाउँछ। सबैले सकारात्मक सोच राखौँ, सजिलै बन्छ रङ्गशाला।

१६ करोड ऋण

धुर्मुस–सुन्तली फाउन्डेसनले अब रङ्गशाला बनाउँदैन, अब बन्दैन भन्ने कुरा झुट हो। रङ्गशाला जसरी पनि बनाउने सङ्कल्पका साथ हामी अगाडि बढेका थियौँ। यो सबैको साझा सपना हो। सबैको साथ र सहयोगले बन्छ भन्नेमा म विश्वस्त छु। अहिले कोरोनाको कारणले परिस्थिति सहज नभएको पक्कै हो।

प्रकाशित मिति: : 2021-09-28 12:12:00

प्रतिकृया दिनुहोस्