नेपाल भ्लग च्यालेन्जले काठमाडौँको दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच ११ प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरेको छ। निर्णायक मण्डलमा रहेका निश्चल बस्नेत, सिसन बानिया, रोहित शाक्य तथा मिलन थापाले यी ११ प्रतिस्पर्धीहरू सार्वजनिक गरेका हुन्।
यस प्रतियोगिताका विजेताले सगरमाथा आधार शिविरसम्मको साहसिक पदयात्राको लागि लाखौँ फलोअर्स भएका विभिन्न देशबाट आएका भ्लगरहरुसँग नेपालको प्रतिनिधित्व गर्न पाउने छन्। साथै विजेताले रु दश लाख रुपैयाँ नगद पाउने छन्।
कार्यक्रमको निर्णायकमा निश्चल बस्नेत, सिसन बानिया, रोहित शाक्य तथा मिलन थापा रहेका छन्।