कोरोना संक्रमणबाट बाराका एक युवकको मृत्यु 

Symbolic photo
Symbolic photo

पर्साकाे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ।

मृतक बाराकाे बिश्रामपुर गाउँपालिका छतवा बरैनिया बस्ने २० बर्षीय युवक रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.उदय नारायण सिंहले बताए।

डा.सिंहका अनुसार उनको मृत्यु सोमबार राति पौने १० बजेको भएको हो। उनमा गत भदौ ५ गते कोरोना संक्रमण देखिएपछि उपचार हुँदै आएको थियो।

प्रकाशित मिति: : 2021-09-28 15:11:00

प्रतिकृया दिनुहोस्