कपनबाट हराएका बालक भारतमा भेटिए

Symbolic photo-indiatoday
Symbolic photo-indiatoday

काठमाडौँको कपनबाट हराएका ४ वर्षीय पीयूष शर्मा भारतमा फेला परेका छन्। उनी भारतको बिहारस्थित आफ्नै हजुरबुबाको घरमा भेटिएको प्रहरीले बताएको छ।

बालक सोमबार साँझबाट हराएका थिए। उनलाई घर नजिकै बस्ने शंकर दासले भारत लगेको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार पीयूषलाई काठमाडौँ ल्याइँदैछ।

कपनबाट हराएका बालकको अपहरण भएको आशङ्कामा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको थियो। भारतको बिहान घर भएका पीयूष आमाबुवासँग कपनमा बस्दै आएका थिए। 

प्रकाशित मिति: : 2021-09-29 11:26:00

प्रतिकृया दिनुहोस्