प्रहरीलाई नै चक्कर लगाउँदै नवविवाहिताहरूको ‘आत्महत्या’, अनुसन्धानमा समेत फेला पर्दैनन् तथ्य !

लोकान्तर

काठमाडाै‌

पन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ राधाकृष्ण टोलकी २६ वर्षीया सीता भण्डारी भदौ २० गते आफ्नै घरको एक कोठामा मृत भेटिइन्।

परिवारले उनले आत्महत्या गरेको बतायो। तर, माइती पक्षले आत्महत्या नभई हत्या भएको भन्दै १६ दिनसम्म आन्दोलन गर्‍यो। शव उठाउन पनि दिएन।

१७ औं दिनदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेपछि मात्र उनको माइती पक्षले आन्दोलन रोकेको छ, तर परिवारले २५ दिन पुगिसक्दा पनि शव उठाउन दिएको छैन।

सीआईबीले असोज ६ गतेदेखि अनुसन्धान शुरू गरेपनि आज (बुधवार) एक हप्ता पुग्न लाग्दा पनि केही ‘क्लु’ भेट्टाउन सकेको छैन।

गत भदौ २० गते बिहान आफ्नै घरको कोठामा सीता मृत भेटिएकी थिइन्।

प्रहरीका अनुसार श्रीमान टीका पौडेलले नियमित मादक पदार्थ सेवन गर्ने र उनीहरूको उमेर अन्तरको कारणले कुरा नमिल्दा पनि सीताले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले बताए।

प्रकाशित मिति: : 2021-09-29 13:29:00

प्रतिकृया दिनुहोस्